टीएनएमा १६औं सिक्किम स्टेट स्वीमिङ च्याम्पियनशिपको कर्टन रेजर्स कार्यक्रम

IMG-20220813-WA0169.jpg

गान्तोक: आजादीका अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज सिक्किम अमेच्युर स्वीमिङ एसोसिएशनले टीएनए स्कूलमा १६औं सिक्किम स्टेट स्वीमिङ च्याम्पियनशिपको कर्टन रेजर्स कार्यक्रम आयोजना गऱ्यो। यो कार्यक्रममा राज्यका विभिन्न पौड़ीबाजहरूले भाग लिएका थिए। कोरोनाको कारण केही वर्षसम्म राज्यमा पौड़ी प्रतियोगिताहरू ठप्प बनेपछि आयोजन भएको यो पहिलो प्रतियोगिता हो। १६औं सिक्किम स्टेट स्वीमिङ च्याम्पियनशीप भने आगामी ३ अनि ४ सेप्टेम्बरको दिन सम्पन्न हुनेछ। यसै प्रतियोगितालाई तीन दिनको साथै भारत स्वतन्त्रताको ७५औं वर्ष आजादिका अमृत महोत्व पालन गर्नको निम्ति आजको कार्यक्रम आयोजन गरिएको सिक्किम अमेचुर स्वीमिङ एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले जानकारी दिएका छन्। यसको साथै आगामी ३१ अक्टोबरदेखि ५ नोभेम्बरसम्म आयोजन हुने नर्थ इष्ट ओलम्पिकको निम्ति राज्यका पौड़ीबाजहरूलाई तयार गर्नको निम्ति पनि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए। यसरी नै राज्य सरकारको पहलमा ५० मिटर ओलम्पिकको मापदण्ड अनुसारको पौड़ी अभ्यास गर्ने पुल पनि सरमसामा निर्माण हुनगइरहेको जानकारी गराए। यसको निर्माणपछि राज्यका पौड़ीबाजहरूलाई धेरै सहयोग मिल्ने उनले थप बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *