४ जुलाई ३० सेप्टेम्बर २०२४ सम्मको अभियान, एडीपी/ एबीपी जिल्ला र ब्लकहरूमा ६ चिन्हित संकेतकहरूमा संतृप्ति हासिल गर्ने लक्ष्य
गान्तोक: नीति आयोगले ४ जुलाईदेखि ३०सेप्टेम्बर २०२४ सम्म चल्ने ३ महिनाको अभियान ‘सम्पूर्णता अभियान’ को शुरुआत गरिरहेको छ, जसको उद्देश्य देशभरिका आकांक्षी जिल्ला र आकांक्षी ब्लकहरूमा ६ प्रमुख संकेतकहरूको संतृप्ति प्राप्त गर्नका लागि निरन्तर प्रयास गर्नु रहेको छ। ‘सम्पूर्णता अभियान’ को उद्देश्य आकांक्षी जिल्ला कार्यक्रम र आकांक्षी ब्लक कार्यक्रमअन्तर्गत ११२ आकांक्षी जिल्ला र ५०० आकांक्षी ब्लकहरूमा पहिचान गरिएका ६ संकेतकहरू मध्येबाट प्रत्येकमा संतृप्ति प्राप्त गर्नु रहेको छहो।
‘सम्पूर्णता अभियान’ले सबै आकांक्षी ब्लकहरूमा निम्नलिखित ६ पहिचान गरिएका केपीआईमा ध्यान केन्द्रित गर्नेछ :
- पहिलो त्रैमासिकभित्र प्रसवपूर्व हेरचाह (एएनसी)को लागि पञ्जीकरण भएका गर्भवती महिलाहरूको प्रतिशत
- ब्लकमा लक्षित आबादीको तुलनामा मधुमेहको लागि जाँच गरिएका व्यक्तिहरूको प्रतिशत
- ब्लकमा लक्षित आबादी विरुद्ध उच्च रक्तचापको लागि जाँच गरिएका व्यक्तिहरूको प्रतिशत
- आईसीडीएस कार्यक्रम अन्तर्गत नियमित रूपमा पूरक पोषण लिने गर्भवती महिलाहरूको प्रतिशत
- मृदा नमूना संकलन लक्ष्य विरुद्ध उत्पन्न मृदा स्वास्थ्य कार्डको प्रतिशत
- ब्लकमा कुल स्वयं सहायता समूहको तुलनामा परिक्रमा कोष प्राप्त गर्ने एसएचजीको प्रतिशत
‘सम्पूर्णता अभियान‘ अन्तर्गत महत्वाकांक्षी जिल्लाहरूमा ६ पहिचान गरिएका केपीआईहरू हुन्:
- पहिलो त्रैमासिकभित्र प्रसवपूर्व हेरचाह (एएनसी)को लागि पञ्जीकरण भएका गर्भवती महिलाहरूको प्रतिशत
- आईसीडीएस कार्यक्रमअन्तर्गत नियमित रूपमा पूरक पोषण लिने गर्भवती महिलाहरूको प्रतिशत
- पूर्ण खोप लगाएका बालक-बालिकाको प्रतिशत (९-११ महिना) (बीसीजी + डीपीटी3+ ओपीभी३ + दादुरा १)
- वितरण गरिएको मृदा स्वास्थ्य कार्डहरूको संख्या
- माध्यमिक तहमा कार्यात्मक बिजुली भएका विद्यालयहरूको प्रतिशत
- शैक्षिक सत्र शुरु भएको १ महिनाभित्र बालक-बालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउने विद्यालयको प्रतिशत
नीति आयोगले ‘सम्पूर्णता अभियान‘ प्रक्षेपणको एक भागको रूपमा जिल्ला र ब्लकहरूले आयोजना गर्न सक्ने गतिविधिहरूको सूची प्रदान गर्दैछ। यस अतिरिक्त, ब्लक र जिल्लाहरूलाई अभियानको गति कायम राख्न र निरन्तर सहभागिता बढाउन नियमित रूपमा आउटरिच गतिविधिहरू सञ्चालन गर्न प्रोत्साहित गरिएको छ।
यस प्रयासलाई सफल बनाउन र जमिनी स्तरमा ठोस प्रभाव प्रदान गर्नका लागि :
- जिल्ला / ब्लकहरूले ६ वटा संकेतकहरूलाई सन्तुलित गर्न ३ महिने कार्य योजना विकास गर्नेछन्।
- जिल्ला / ब्लकहरूले प्रत्येक महिना संतृप्तिमा प्रगति ट्र्याक गर्नेछन्
- सचेतना र व्यवहार परिवर्तन अभियानहरू लागू गर्नेछन्
- जिल्ला अधिकारीहरूले समसामयिक अनुगमन स्थल भ्रमण गर्नेछन्
नीति आयोगले यी जिल्ला र ब्लकहरूको प्रभावकारी र द्रुत विकास सुनिश्चित गर्न सम्बन्धित केन्द्रीय मन्त्रालय र विभागहरू, साथै राज्य र केन्द्र शासित प्रदेशहरूका सरकारहरूसँग मिलेर काम गर्नेछ। यो सहकार्यले सुधारिएको योजना र कार्यान्वयन, क्षमता निर्माण, र वृद्धि र दिगो सेवा प्रवाहका लागि प्रणाली स्थापना गर्नमा केन्द्रित हुनेछ।
आकांक्षी जिल्ला र ब्लक कार्यक्रमको बारेमा
देशका अपेक्षाकृत पिछडिएका र दुर्गम क्षेत्रहरूको द्रुत विकास सुनिश्चित गर्नका लागि वर्ष २०१८ मा ११२ जिल्लाहरूलाई समेट्ने आकांक्षी जिल्ला कार्यक्रम (एडीपी) शुरु गरिएको थियो। एडीपीले आफ्ना नागरिकहरूको जीवनलाई राम्रो बनाउने प्रमुख संकेतकहरूलाई सुधार गर्न एक मापनीय र ठोस प्रभाव पारेको छ। आकांक्षी जिल्ला कार्यक्रम (एडीपी)को सफलताको आधारमा आकांक्षी ब्लक कार्यक्रम (एबीपी) २०२३ मा प्रधानमन्त्रीद्वारा शुरु गरिएको थियो, र यसको उद्देश्य स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी तथा सरसफाइ, कृषि, जल संसाधन, वित्तीय समावेशीकरण र आधारभूत पूर्वाधार जस्ता धेरै क्षएत्रहरूममा देशभरिका ५०० ब्लकहरूमा आवश्यक सरकारी सेवाहरूको संतृप्ति गर्नु हो।
| आकांक्षी जिल्ला कार्यक्रम | आकांक्षी ब्लक कार्यक्रम |
| जनवरी २०१८ मा प्रधानमन्त्रीद्वारा शुरु | जनवरी २०२३ मा प्रधानमन्त्रीद्वारा शुरु |
| देशभरिका ११२ जिल्लालाई छिटो तथा प्रभावकारी रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। | देशभरिका ५०० ब्लक (३२९ जिल्ला)मा अत्यावश्यक सरकारी सेवाहरूको संतृप्तिको लक्ष्य |
| पाँच विषयहरूमा ध्यान केन्द्रित गरिएको छ : * स्वास्थ्य तथा पोषण * शिक्षा * कृषि तथा जल संसाधन * वित्तीय समावेश र सीप विकास * पूर्वाधार | पाँच विषयहरूमा फोकस: * स्वास्थ्य तथा पोषण * शिक्षा * कृषि तथा सम्बद्ध सेवाहरू * आधारभूत पूर्वाधार * सामाजिक विकास |
| विकासका ८१ सकेतकहरूमा मापन गरिएको प्रगति | विकासका ४० संकेतकहरूमा प्रगति मापन गरिन्छ यहाँबाट नै ब्लक प्रोफाइल पहुँच गर्न सकिन्छ। |
–पीआईबी









