तत्काल राजीनामा दिन प्रचण्डलाई गगन थापाको आग्रह

IMG-20240704-WA0261

बिराटनगर: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। नेपाली काँग्रेस सुनसरी जिल्लाको इटहरी नपा. को दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै थापाले सरकार स्पष्ट अल्पमतमा पर्दा समेत प्रधानमन्त्री दाहालले राजीनामा दिन आलटाल गरिरहेको बताए।दाहालले आज भोली नै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने थापाको भनाई छ। प्रधानमन्त्री दाहालले राजीनामा दिन ढिलाइ गरेर जालझेलमा लाग्न थालेको भन्दै थापाले त्यसो नगर्न चेतावनी समेत दिएका छन्।दाहालको पटक पटकको अस्थिरताको कारण सरकार परिवर्तनको अवस्था सृजना भएको प्रस्ट पार्दै राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल हुने थापाले बताए। अब बन्ने सरकार विगतको जस्तो नभई जनताको हितमा काम गर्ने उदाहरणीय बन्नुपर्ने थापाको भनाई थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement