होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालय सोनादामा प्रदर्शनी कार्यक्रम

IMG-20240704-WA0275

सोनादा: होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालय सोनादामा विद्यार्थीहरूद्वारा विभिन्न विषयहरूमा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ। विद्यार्थीहरूले आफ्नो किताबी पढाईसितै विभिन्न क्रियाकलापहरू गर्दै विद्यालयमा विभिन्न प्रकारले प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ। विद्यार्थीहरूले नेपाली गोर्खाको विभिन्न जातीय भेषभूषामा सजिएर प्रदर्शनी गरेका थिए भने जातीय सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए। यस क्रममा विद्यार्थीहरूले नेपालीहरूको महान् चाढ तिहारको देऊसी र भैलेनी पनि आयोजना गरेर प्रदर्शनी गरेका थिए। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङबाट माइनोरिटीक प्रतिनिधि प्रजेस लेप्चा उपस्थित रहेका थिए। सोनादाको होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालयले हरेक वर्ष विभिन्न क्रियाकलापहरूसितै पढाईलाई पनि उच्च प्राथमिकता दिएर सञ्चालन गरिरहेका छन्। यस विद्यालयका विद्यार्थीहरूले विभिन्न बोर्ड परीक्षाहरूमा उच्च अंक ल्याएर उत्तीर्ण गरिहेका छन्। यसपालीको उच्च माध्यमिक परीक्षामा यसै विद्यालयको ममता अग्रवाल जीटीए टप्पर पनि बनेकी थिइन्। त्यसरी नै यस विद्यालयले बंगाल सरकारबाट बंगाल मेधा पुरस्कार पनि जितिसकेका छन्। विद्यार्थीहरूद्वारा आयोजित प्रदर्शनी कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै विद्यालयको प्रधानाध्यापक सिस्टर सरोजले यो कार्यक्रममा आयोजना गर्नलाई विद्यार्थीहरूमा बेसी उत्सुकता थियो अनि कम समयमा पनि यति राम्रो प्रदर्शनी कार्यक्रम आयोजना गरेर राम्रो गरेको बताएकी छन्।

उनले यो कार्यक्रम विद्यार्थीहरूको पढाईसितै विद्यार्थीहरूमा भएको योग्यता र गुणको प्रदर्शनी हो जुन पढाईकै एक भाग रहेको बताएकी छन्।

About Author

Advertisement