दरमदिनमा हर घर तिरङ्गा अन्तर्गत बाइक ऱ्याली आयोजित

IMG-20220813-WA0171.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत आज दरामदिनमा बाइक ऱ्याली आयोजना गरियो। क्षेत्र विधायक एवम मन्त्री एमएन शेर्पाको निर्देशमा दरमदिन बाइक एसोसिएशन र दरमदिन सीएलसीको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरूङ रहेका थिए।उक्त ऱ्यालीलाई मुख्य अतिथि गुरूङले झण्डा हल्लाएर प्रस्थान गराएका थिए। दरमदिन साइ मन्दिर परिसरबाट शुरू भएक सो ऱ्याली विभिन्न क्षेत्रको भ्रमण गर्दै सोरेङमा पुगेर समापन भएको आयोजक समितिले जानकारी गराएको छ। यस ऱ्यालीमा कूल २ सय भन्दा अधिक बाइकर्सहरूले अंशग्रहण गरेका थिए। सो ऱ्यालीलाई मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत अन्यहरूले सोरेङ खेल मैदानमा स्वागत जनाएका थिए। उल्लेखनीय छ, आजादीका अमृत महोत्सव अन्तर्गत हाल राज्यभरि हर घर तिरङ्गा कार्यक्रम आयोजना भइरहेको छ भने यसबारे सचेत गराउने उद्देश्यले ऱ्याली निकालिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *