सोरेङ: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङमा जिल्लामा १६.७३ करोड बराबरको लागतमा निर्माण हुन लागेको बहुउद्देशीय सामुदायिक भवनको शिलान्यास गरे। उक्त सामुदायिक भवन १० हजार ३ सय ९७ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भएको छ।
प्रस्तावित नयाँ संरचनाको निर्माणले यस क्षेत्रका जनताको सांस्कृतिक अनि धरोहरहरू संरक्षण, सम्बर्धन, नवोदित कलाकार र नयाँ जिल्लामा चाहिने आवश्यक पूर्वधारको कमीलाई परिपूर्ती गर्ने सक्ने सम्भावना रहेको छ। गत वर्ष मात्रै नयाँ जिल्लाको अस्तित्वमा आएको सोरेङ जिल्लामा अहिले आवश्यक पूर्वधारहरूको निर्माण कार्य चलिरहेको छ। यस अघि सन् १९८५ मा २ सय जना अटाउन सक्ने सानो सामुदायिक हल निर्माण भएको थियो, तर नयाँ जिल्लाको स्थापना र बढ्दो जनसङ्ख्या र अन्य शैक्षिक संस्थाले नयाँ जिल्ला बने पछि क्षमता बढाउन आवश्यकता परेको हो। आज शिलान्यास गरिएको नयाँ सामुदायिक भवनको क्षमता ५ सय जना मानिस अटाउन सक्ने रहेको छ। यस भित्र अफिसर्स क्लब, लबी, सम्मेलन हल, भीआईपी लाउन्ज र तीसवटा एसयूभी गाडीहरूको पार्किङ सुविधा रहने छ।
शिलान्यास कार्यक्रममा भवन विभागीय मन्त्री सञ्जित खरेल, क्षेत्रका विधायक आदित्य गोले मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ तथा गण्यमान्य व्याक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

आजादीको अमृत महोत्सवको अवसर पारेर ७६औं स्वतन्त्रता दिवसको पूर्व संध्यामा मुख्यमन्त्री मुख्यमन्त्री कोषबाट राज्य अनि राज्य बाहिर अध्ययन गर्दै आएका ७५ जना विद्यार्थीहरूलाई छात्रावृत्ति, रोगीहरूलाई आर्थिक सहयोग पनि प्रदान गरे। यसै क्रममा आज फुटबलको सेमी फाइनल खेल जर्जियन एफसी कालेबुङ बनाम आक्रमण एफसीबीच भएको थियो,जसमा जर्जियन एफसीले शून्यको विरूद् दुई गोल गरेर फाइनलमा प्रवेश गर्न सफल भएको छ।