सिलगढी: फूलबारी नम्बर २ जोनको सिपाइपाडामा वर्षाका कारण ठूलो पानी जमेको विरोधमा आज मानिसहरूले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सडक गुणस्तरीय बनाउन र ठूला सवारी साधनलाई आवतजावतमा रोक लगाउन माग गरे। सडकमा गुड्ने ठूला डम्परका कारण सडक छिट्टै भत्किने उनीहरुको भनाइ छ। वर्षायाममा सडक पानीले भरिन्छ। विद्यार्थीले विद्यालय पुग्न अतिरिक्त पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यसैले तत्काल सडक मरम्मत गर्न र डम्परको आवातजावत बन्द गर्न उनीहरुले माग गरेका छन्।








