१४ जुलाई: समाजलाई  घच्घच्याउने ‘पेण्डुलम’ आउँदैछ बजारमा

448020510_1062582608778689_4276789678934545777_n

खरसाङ: तीनधारे निवासी सुपरिचित उद्घोषक तथा पत्रकार युवराज सुन्दासको नयाँ कृति कविता संग्रह ‘पेण्डुलम’ १४ जुलाईको दिन तीनधारेको महात्मा गान्धी हलमा एक भव्य कार्यक्रममा लोकार्पण हुने भएको छl  एक समयको लोकप्रिय दैनिक समाचारपत्र सुनचरीबाट श्रमजिवी पत्रकारको रुपमा कार्यरत रहेका कवि युवराज सुन्दास दुई भन्दा बढी समयदेखि शिक्षकको पेशामा कार्यरत  छन्l खोजी पत्रकारितालाई प्रमुखता दिने उनी शिक्षक पेशा रहेर पनि कविता सृजनाका साथमा स्वतन्त्र पत्रकारको रुपमा स्तम्भकारको भूमिकामा सक्रिय छन्l जाति र समाजप्रति सदैव सकारात्मक सोच अनि युवराज सुन्दास सिर्जनात्मक लेखनमा लागिपरेका स्रष्टा हुन्। उनका तीन वटा कृति यस भन्दा अघि पनि प्रकाशित भइसकेका छन्l उनको यो नयाँ कविता संग्रह ‘पेण्डुलम’मा पनि व्यक्तिगतदेखि समष्टिगत विषय, विचार अनि भावनाका प्रक्षेपण पाउन सकिन्छ। उनका कवितामा मानव समवेदना, सामाजिक व्यंग्य समावेश हुन्छ भने नैतिक आधारमा बाटो बिराउनेलाई कविताकै भावमा लाखेस पनि गर्छन्l १४ जुलाईदेखि हेरक पाठकलाई छुने, समाजलाई घच्घच्याउने छन्, सोच्न बाध्य बनाउने कृति ‘पेण्डुलम’ बजारमा आउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement