डाक्टरद्बायले जन्म दिनमा गरिदिए ४ परिवारको स्वास्थ्य विमा

IMG-20240704-WA0075

बिराटनगर: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा अस्पतालमा कार्यरत डाक्टर अनिल गिरि र डाक्टर सुरज थापामगरले आफ्नो जन्म दिनको अवसरमा ४ परिवारको स्वास्थ्य विमा गरिदिएका छन् ।डाक्टर गिरि चतरा अस्पतालका व्यवस्थापक हुन्। भने डाक्टर सुरज सहायक व्यवस्थापक हुन्। दुबै डाक्टरको जुन २मा जन्म दिन परेको थियो। एकै दिन जन्म दिन परेका दुई डाक्टरले आर्थिक अवस्था बिपन्न ४ परिवार वडा नं १ का चन्द्रकला बिक र वडा नं २ का मीन बहादुर कार्की, बिश्बमाया मगर र टेकबहादुर खड्काको परिवारको स्वास्थ्य विमा गरिदिएका हुन्। अस्पतालका प्रवक्ता उत्सव खतिवडाका अनुसार डाक्टर गिरिले बिक र कार्की तथा डाक्टर सुरजले मगर र खड्काको परिवारको स्वास्थ्य विमा गरिदिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement