मंगन: मुख्यमन्त्री प्रेमसिंह तामाङको घोषणा र निर्देशनलाई पालन गर्दै मंगन नगर पञ्चायतले आधिकारिक दस्तावेजहरूको होम डेलिभरी शुरू गरेको छ। जनसाधारणको सुविधालाई ध्यानमा राख्दै नगर पञ्चायतले दस्तावेजहरूको होम डेलिभरी शुरू गरेको बताइएको छ। यस क्रममा नगर पञ्चायतले मंगन नगर पञ्चायत अन्तर्गत नवीकरण गरिएको ट्रेड लाइसेन्स लाभार्थीहरूको घर-घर पुऱ्याउने पहल शुरू गरेको छ। नगर पञ्चायतका बजार इन्स्पेक्टर र अन्य कर्मचारीहरू लाइसेन्स धारकहरूका प्रतिष्ठानसम्म पुगेर उनीहरूलाई दस्तावेजहरू हस्तान्तरण गर्ने कार्य गरिरहेको बताइएको छ। नगर पञ्चायतको यस पहललाई जनसाधारणले स्वागत जनाउॅंदै खुशी पनि व्यक्त गरेका छन्।