विधायक पन्तले सम्हाले कार्यभार

IMG-20240703-WA0248

गान्तोक: तिमी नामफिङ निर्वाचन क्षेत्रका विधायक बेदुसिंह पन्तले गान्तोकको मनन केन्द्र स्थित कार्यालयमा आवकारी र लटरी विभागको नयाँ कार्यभार ग्रहण गरेका छन्। यस अवसरमा सल्लाहकार पन्तलाई विभागीय सचिव, कार्यलयका कर्मचारी र शुभचिन्तकहरूले फूलका गुच्छा र खदा मालाले स्वागत जनाए। विधायक पन्तले यो नयाँ जिम्मेवारीको निम्ति मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ-गोलेप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो नेतृत्वमा अटल समर्थन र विश्वासको लागि सबै एसकेएम पार्टी कार्यकर्ता र समर्थक एवं शुभचिन्तकहरूलाई हृदयदेखि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement