मंगन: राज्य सडक एवं पुल विभागका मन्त्री एनबी दाहालले आज मंगन जिल्लाको फिदाङदेखि लिङडोङसम्म आपदा प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरेका छन्। यी क्षेत्रहरूमा हालैमा बादल फाटेर पैह्रो गएपछि निकै विनाश भएको छ।
भ्रमण अवधि जङ्गुका एसडीएम अरुण छेत्री लगायत सडक एवं पुल विभाग र अन्य सम्बन्धित विभागका अधिकारीहरू पनि उपस्थित थिए। मन्त्री दाहालले यस चुनौतीपूर्ण समयमा मानिसहरूलाई पूर्ण समर्थन र सहायताको आश्वासन दिए। उनले एसडीएमबाट पूर्वाधारहरूलाई पुगेको क्षतिको क्षतिपूर्तिबारेमा जानकारी लिए भने एसडीएमले क्षतिपूर्ति राशि प्रभावितहरूलाइई प्रदान गरिएको बताए। यस अतिरिक्त, आपदाले पुऱ्याएको क्षतिको आकलन पनि शुरू गरिएको एसडीएमले जानकारी गराए।
मन्त्री दाहालले १०७ आरसीसी ग्रेफका कनिष्ठ अभियन्ता मधुकर र सहायक अभियन्ता अनिरुद्ध कुमारसॅंग कुराकानी गर्दै लिङदोङ रोडको पुनर्स्थापनाको बारेमा जानकारी लिए। अधिकारीहरूले द्रुतरूपमा काम गरिरहेको र केही दिनमै सडक पुनर्निर्माण गरिने आश्वासन दिए।