भानु जयन्ती तयारीलाई लिएर सोरेङमा बैठक सम्पन्न

IMG-20240703-WA0243

गान्तोक: आगामी १३जुलाईको दिन पालन गरिने २१०औं भानु जयन्ती तयारीलाई लिएर सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक सम्पन्न भयो। सोरेङ जिल्लाका नयाँ जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पुलिस अधिक्षक नहकूल प्रधान, अतिरिक्त जिल्लापाल डीआर विष्ट, अतिरिक्त जिल्लापाल (विकास) गायस पेघा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस बैठकमा विशेष गरेर भानु जयन्तीको अवसरमा अन्तरविद्यालय, अन्तर महाविद्यालय, अन्तर निम्न माध्यमिक विद्यालय र उच्त्तर माध्यमिक विद्यालयस्तरको तर्क प्रतियोगिता, रामायण पाठ र कविता वाचन आयोजना गर्नको साथै अन्तर विभाग पाराम्पारिक नृत्य प्रतियोगिता आयोजना गरिने निर्णय लिएको छ। यस कार्यक्रमलाई सफल तुल्याउनको निम्ति जिल्लापालले सबै विभागका अधिकारीहरूलाई एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने सुझाउ दिएका छन्।

About Author

Advertisement