पत्रकार सुवास राईलाई कञ्चनजङ्गा कलम पुरस्कार प्रदान गरिने

IMG-20240703-WA0241

गान्तोक: प्रेस क्लब अफ् सिक्किमले आफ्नो २२औं स्थापना दिवसको अवसरमा समिट टाइम्सका कपि सम्पादक सुवास राईलाई कञ्चनजङ्गा कलम पुरस्कारले सम्मान जनाउने भएकोछ। उक्त कार्यक्रममा लगनशील युवा पत्रकार पुरस्कार सिक्किम क्रोनिकलका पत्रकार सुवेन प्रधान र पत्रकार नितेस आर प्रधानलाई प्रदान गर्ने प्रेस क्लब अफ् सिक्किमको कार्यकारिणी समितिको बैठकमा निर्णय लिएको छ। सो कार्यक्रममा नेपाली साप्तहिक पत्रिका जनमञ्चका सम्पादक एवम वरिष्ठ पत्रकार कमल मुखियालाई अभिनन्दन जनाउने भएको पीसीएसका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement