सूचनाको अधिकार ऐनलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20240703-WA0237

गान्तोक: सिक्किम सूचना आयोगको पहलमा आज सूचनाको अधिकार ऐन २००५ लाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। पाकिम जिल्लाको आरडीडी सामुदायिक भवनमा आयोजित सचेतना कार्यक्रममा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि रविन सेवाले ग्राम पञ्चायत र पञ्चायती राज संस्था (पीआरआई) कार्यकर्ताहरू बीच आरटीआई ज्ञानको महत्त्वलाई जोड दिँदै, पारदर्शिता र जवाफदेहितालाई ग्रामीण स्तरमा प्रवर्द्धन गर्न सबैको महत्त्वपूर्ण भूमिका रहेको बताए। आरटीआई ऐनको व्यापक लाभ ग्रामीणस्तरमा सुनिश्चित गर्न सबैले अहंम भूमिका निर्वाह गर्नुपर्ने सुझाउ दिए। सिक्किम सूचना आयोगलाई सबै ब्लकहरूका लागि जानकारीमूलक सत्र आयोजना गरेकोमा धन्यवाद पनि व्यक्त गरे। सोही प्रकारले उप रेजिस्टरर एवन कानुनी अधिकारी छिरिङ छोडेन भोटियाले सिक्किम सूचना आयोगले आरटीआई कानून र यसलाई कसरी ग्रामीण क्षेत्रका मानिसहरूले प्रभावकारी ढङ्गमा प्रयोग गर्न सक्छन भन्नेबारेमा विस्तृतरूपमा अवगत गराइन्। उनले आरटीआई कसरी दर्ता गर्न सकिन्छ भन्ने प्रक्रियाबारे पनि जानकारी गराउँदै सूचना प्राप्त गर्नको लागि अपेक्षित समय सीमा र अनुरोध गर्न सकिने जानकारीको प्रक्रियाबारे अवगत गराइन्। आरटीआई प्रक्रिया सम्बन्धी सहभागीहरूको जिज्ञासा र सरोकारहरूलाई सम्बोधन गर्न अन्तरक्रियात्मक सत्र पन आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement