गान्तोक: राज्यका ग्रामीण विकास विभाग, एवम सहकारी विभाग मन्त्री अरूण उप्रेतीले आज विभागका अधिकारीहरूलाई लिएर एक समन्वय बैठक आयोजना गरे।तादोङस्थित सहकारी विभागको प्रेक्षागृहमा आयोजित बैठकमा मन्त्री उप्रेतीलाई न्यानो स्वागत जनाएकोमा उनले विभागका अधिकारीहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले यसरी आफूलाई विभागका अधिकारीहरूले स्वागत जनाएकोमा आभार व्यक्त गर्दै विभागको विकास साथै प्रगतिको हितमा काम गर्ने आश्वासन दिएका छन्। मन्त्री उप्रेतीले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको सुनौलो सिक्किम, समृद्ध सिक्किम-लाई साकार तुल्याउनको निम्ति सबै सरकारी अधिकारीहरूलाई प्रोत्साहित गरे। यस योजनलाई सफल तुल्याउनको निम्ति टिम वार्क भएर काम गर्नुपर्ने उनले सुझाउ दिएका छन्। मन्त्री उप्रेतीले विभागद्वारा शुरू गरिएको पहललाई सफलतापूर्वक कार्यान्वयन गर्न ग्रामीण उत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले नयाँ नियुक्तिहरूले आफ्नो पूर्ण क्षमतामा काम गरेको सुनिश्चित गर्न र कर्मचारी नियमितताको अनुगमन गर्न विभाग प्रमुखलाई आग्रह गरे। सोही क्रममा विभागकी आयुक्त सहसचिव यशोदा भण्डारीले बैठकमा उपस्थिति दिएकोमा मन्त्रीलाई उनले विभागको भूमिका, पहल र गतिविधिका बारेमा प्रकाश पार्नका साथै बहुउद्देश्यीय सहकारी संस्थाको कार्यबारे पनि प्रकाश पारिन्।