वीरपाडा: मदारीहाट खण्डअन्तर्गत बीरपाडा बजारको मुल सडकमा बीरपाडा मडवाडी युवा मञ्चले पदयात्रा निकाल्यो| आउँदो ७५औँ स्वतन्त्रता दिवसको अवसरमा तथा देशले अमृत महोत्सव मनाउन गएकोमा शनिबार बीरपाडा मारवाडी युवा मञ्चले तिरंगा जुलुस निकाल्यो| बीरपाडा बजारलगायत अन्य स्थानमा उक्त मञ्चका सदस्यहरूले राष्ट्रिय पनि झण्डा वितरण गर्यो| आउँदो १५ अगस्तमा देश स्वतन्त्र भएको ७५औं वर्षगाँठ पुगेको खुशीमा अमृत महोत्सव पालनलाई लिएर देशभरि नै तयारी रहेको छ|