मन्त्री सामडुप लेप्चाद्वारा सामुहिक पहल गर्न आग्रह

00-2

गान्तोक: लागूऔषध मुक्त सिक्किमको दिशामा महत्त्वपूर्ण कदम चाल्दै, महिला र बाल विकास मन्त्री सामडुप लेप्चाले समाज कल्याण विभागद्वारा आयोजित “ड्रग फ्री सिक्किम” कार्यक्रममा सरकारको प्रतिबद्धतालाई जोड दिए। मन्त्री लेप्चाले लागुऔषध दुव्र्यसन उन्मूलनमा राज्यको महत्वाकांक्षी लक्ष्य रहेको उल्लेख गर्दै सामुहिक दायित्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘सिकिमको यो पहल हाम्रो राज्यलाई लागुऔषध मुक्त बनाउनको लागि मुख्यमन्त्री प्रेम सिंह तामाङको ठूलो कदम र सपना हो’, मन्त्री लेप्चाले समर्पणलाई मान्यता दिँदै भने। ‘हामीले उनको दृष्टिकोण र मार्गदर्शनलाई अगाडि बढाउनु पर्छ’, उनले भने। मन्त्री लेप्चाले लागुऔषध दुव्र्यसन विरुद्धको अभियानमा समुदायको सहभागिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै राजनीतिक नेतृत्वले पहल गर्नसक्ने भए पनि सार्थक परिवर्तन जनसहभागितामा भर पर्ने बताए। ‘लागुऔषध एक प्रकोप हो जुन हामीले रोक्नै पर्छ’, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement