डेकोरेटरको कर्मचारीकाे झुण्डिएको अवस्थामा शव फेला

IMG-20240703-WA0216

सिलगढी: सिलगढीको दक्षिण शान्तिनगर बाउबाजार क्षेत्रमा डेकोरेटरको गोदाममा एक कर्मचारीकाे झुण्डिएको अवस्थामा एक व्यक्तिको शव फेला परेकाे छ। जानकारीआनुसार डेकोरेटरको गोदाम तीन दिनदेखि बन्द थियाे तर आज बिहान खोल्दा एक कर्मचारीकाे झुण्डिएको अवस्थामा शव भेटियाे। मृतकको पहिचान चित्त कर्माकर(४८ वर्ष), शान्तिनगरको बाउबजार क्षेत्र निवासीको रूपमा भएकाे छ।

खबर पाएलगत्तै आशिघर थानाका पुलिस घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। पुलिसले लाशलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। घटनापछि सो क्षेत्रमा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement