सिलगढीको रविन्द्रनगर क्षेत्रको एक महिलाको दुर्घटनामा मृत्यु

IMG-20240629-WA0057-copy

सिलगढी: आज बिहान बजारबाट फर्कने क्रममा दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ। मृतक महिलाको नाम राखी विश्वास (४०) हो। उनी सिलगढी नगरपालिकाको वार्ड नम्बर २१ को रवीन्द्रनगर क्षेत्रकी थिइन्। ती युवती ११ तारिख नयाँ घरमा प्रवेश गरेकी हुनाले बिहान दिदीसँग विधान मार्केटबाट किनमेल गरेर घर फर्कदै गर्दा भेनस मोडबाट अस्पताल मोडतर्फ जाँदै गरेको सिटी अटोलाई अचानक स्कुल बसले ठक्कर दिएको बताइएको छ। यस अटोले फुटपाथमा हिड्दै गरेको उक्त महिलालाई ठक्कर दिँदा उनी लडेर गम्भीर घाइते भएकी बताइएको छ। घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको ट्राफिक पुलिसले ती महिलालाई तुरुन्तै उपचारका लागि सिलगढी जिल्ला अस्पताल पठाएको थियो। उपचारको केही समयमै महिलाको मृत्यु भएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement