सिलगढीको रवीन्द्रनगर क्षेत्रकी एक महिलाको दुर्घटनामा मृत्यु

IMG-20240629-WA0057-copy

सिलगढी: बुधबार बिहान बजारबाट फर्कने क्रममा दुर्घटनामा एक महिलाको ज्यान गयो। मृतक महिलाको नाम राखी विश्वास (४०) हो, जो सिलगढी नगरपालिकाको वार्ड नम्बर २१ को रवीन्द्रनगर क्षेत्रकी थिइन् भने ती महिला ११ गते नयाँ घरमा पसेकी थिइन् बिहान बहिनीसँग बसेकी उनी बजारबाट किनमेल गरेर घर फर्कदै गर्दा भेनस मोडबाट अस्पताल मोडतर्फ जाँदै गरेको एक स्कूल बसले अटोलाई ठक्कर दिएको थियो। फूटपाथमा हिड्दै गरेको एक महिलालाई सहरको अटोले ठक्कर दिँदा उनी लडेर गम्भीर घाइते भएकी छन्। घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको ट्राफिक प्रहरीले ती महिलालाई तुरुन्तै उपचारका लागि सिलगढी जिल्ला अस्पताल पठाएको थियो। उपचारको केही समयमै महिलाको मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement