‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविता, जोन र चक्र (हेर्नुहोस् भिडियो)  

kabita-chakra-1


काठमाडौं: मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो। भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियोको दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन्। उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसंग दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन्। ‘कलेजी कटाउन्या माया’मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन्। त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन्। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन्। हामीले चलचित्र वा सिरिज आउनु अघि टिजर सार्वजनिक गरेको त देख्दै आएका छौ। म्युजिक भिडियोको हकमा भने यो चलन खासै देखिँदैन। तर यो गीतको भने चार दिन अघि टिजर सार्वजनिक गरिएको थियो। ४० सेकेन्डको मर्मस्पर्शी टिजरले दर्शकमा कौतुहल जगाउन सफल भएको थियो।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियो साच्चैँ नै कलेजी काट्ने खालको छ। भिडियोमा कलाकारहरुको काम तारिफयोग्य छ। यो गीत आजभन्दा करिब १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो। विशेषगरी, सुदुरपश्चिमका ९ जिल्लाहरुमा यो गीतले तहल्का मच्चायो। गीतले दर्शकको अपार सफलता र माया पाएपछि गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन्। गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन्। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन्।
कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन्। भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन्। भिडियोको कन्सेप्ट पनि शानकै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन्। त्यसै गरी, मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टौवा कृयसनको पोस्ट डिजाइन र बुद्ध थापाको सिनेमाटोग्राफी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement