फतेहपुर: उत्तर प्रदेशको फतेहपुर जिल्लामा एक युवकलाई ३० दिनमा पाँच पटक सर्पले टोके पनि हरेक पटक उपचारपछि निको भएका छन्। युवकलाई सर्पले टोकेपछि बारम्बार निको भएको देखेर उपचार गरिरहेका डाक्टरहरु पनि छक्क परेका छन्। सर्पको डरले युवकले घर छोडेर काकीको घरमा बस्न थाले। तर सर्पले उनलाई त्यहाँ पनि छोडेन। काकीको घरमा पनि उनलाई सर्पले आफ्नो शिकार बनायो। यो घटनाले युवक र उनको परिवारका सदस्यहरु गहिरो समस्यामा परेका छन्। उनीहरुलाई भविष्यको चिन्ता छ। वास्तवमा यो सम्पूर्ण मामिला फतेहपुर जिल्लाको मालवा थाना क्षेत्रको सौरा गाउँको हो। यहाँ बस्ने २४ वर्षीय विकास दुबेलाई डेढ महिनाभित्र पाँच पटक सर्पले टोके पनि हरेक पटक उपचारपछि निको भइसकेको छ। उनको अहिले पनि निजी अस्पतालमा उपचार भइरहेको छ। किनभने, भर्खरै उनलाई सर्पले टोकेको थियो। पीडित विकासले २ जूनको राति ९ बजे ओछ्यानबाट उठ्ने क्रममा आफूलाई पहिलो पटक सर्पले टोकेको बताए। त्यसपछि परिवारले उनलाई निजी नर्सिंग होममा लगे। त्यहाँ दुई दिन भर्ना भए। उपचारपछि निको भएर घर फर्किए। परिवारले यो सामान्य घटना भएको महसुस गरे। तर १० जूनको राति उनलाई फेरि सर्पले टोक्यो। उनले भने, ‘परिवारका सदस्यहरूले मलाई तुरुन्तै अस्पताल लगे। यसपटक पनि उपचारपछि निको हुनु भाग्यको कुरा हो।‘ तर, उनी सर्पदेखि डराएर सावधानी अपनाउन थाले। तर सात दिनपछि १७ जूनमा घरमा फेरि सर्पले डस्यो, जसका कारण अवस्था बिग्रन थाल्यो र परिवारका सदस्यहरु डराए। त्यसपछि त्यही अस्पतालमा उपचार गराएर निको भए।