बिराटनगर: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। हावाहुरीका कारण आज रुख सडकमा झरेपछि बाटो अवरुद्ध भएको हो। कुनै पनि मानवीय क्षति नभएको र रुखलाई हटाएर अवरुद्ध भएको सडकलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।










