बिराटनगर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आज बुधबार बसेको केन्द्रीय समितिको बैठकमा विरोध जनाएका छन्। उनी मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी समितिको बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गर्दै ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएर सहभागी भइरहेका छन्।











