प्रतिष्ठित डुरण्ड कप २७ जुलाईदेखि शुरु हुने

IMG-20240703-WA0147

काेलकत्ता: घरेलु सीजनको ओपनर डूरण्ड कप फूटबल टुर्नामेण्ट २७ जुलाईदेखि ३१ अगस्तसम्म चारवटा स्थानमा आयोजन गरिनेछ, जसमा इण्डिन सुपर लीग, आई-लीग र अन्य आमन्त्रित टीमहरूले हिस्सा लिनेछन्। एशियाको सबैभन्दा पुरानो टुर्नामेण्टको १३३औंं संस्करणमा राउण्ड रोबिन लीग कम नक्आउट प्रारूपमा जम्मा ४३ वटा म्याच खेलिनेछ। टुर्नामेण्टको उद्घाटन म्याच र फाइनलको आयोजन कलकत्ताको विवेकानन्द युवा भारती क्रीड़ांगण (सल्ट लेक स्टेडियम)-मा गरिनेछ। टुर्नामेण्टमा हिस्सा लिने २४ वटा टीमलाई ६ वटा ग्रुपमा बाँड़िएको छ। नक्आउट चरणको निम्ति 8 वटा टीम अघि बढ़्नेछ, जसमा प्रत्येक ग्रुपको विजेता र २ वटा दोस्रो स्थानमा रहने सर्वश्रेष्ठ टीम हुनेछ। आयोजकहरूले बताएअनुसार, गत वर्ष झैं यस साल पनि अन्तर्राष्ट्रिय टीमहरूले हिस्सा लिने आशा रहेको छ। टुर्नामेण्टलाई पूर्व र उत्तर-पूर्वमा अधिक फैलाउने प्रतिबद्धतालाई जारी राख्दै यस साल दुईवटा नयाँ शहर जमशेदपुर र शिलंगलाई आयोजन स्थलको निम्ति जोड़िएको छ। गत ५ सालदेखि आयोजन स्थल रहने कलकत्ताको साथमा लगातार दोस्रो साल असमको कोकराझारमा म्याच खेलिनेछ। कलकत्तामा तीनवटा ग्रुपको म्याच खेलिनेछ। यसरी कोकराझार, शिलंग र जमशेदपुरमा एक-एकवटा ग्रुपको म्याच खेलिनेछ। आईएसएल-बाट मोहन बगान सुपर जाइण्ट्स वर्तमान च्याम्पियन टीम हो, जसले रेकर्ड १७ पल्ट टुर्नामेण्टमा खिताब जितेको छ।

About Author

Advertisement