स्वाधिनता सेनानी कप्तान रामसिंह ठकुरी शालिग अनावरणको अन्तिम तयारी  

0-1a-3ccc96db-4f43-4e4a-8579-6da01ec1e0ae

                                                                                                                                                                वीरपाडा: भारतेली नेपालीको गौरव स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको बहुप्रतीक्षित १५ फुटको पूर्णाङग शालिगको अनावरण कार्यक्रम आउँदो १५ अगस्तको दिन सम्पन्न हुने भएको छ। शनिबार अन्तिम तयारीमा जुटेका छन् शालिग निर्माण समितिका पदाधिकारी सदस्यवर्ग।  दलमोर डाक्टर कोठी शालिग परिसरमा कप्तान रामसिंह ठकुरीको शालिग स्थापनाको कार्य सम्पन्न भयो। शालिग निर्माण समितिका अध्यक्ष सबिन थापाले स्वतन्त्रता सेनानी तथा संगीतकार कप्तान रामसिंह ठकुरीको शालिग अनावरण कार्यक्रम विषयमा प्रायः सबै तयारी भइसकेको र कप्तान रामसिंह ठकुरीको जन्मतिथि साथै ७५औं स्वतन्त्रता दिवस तथा अमृत महोत्सवमा नै सालिक अनावरण कार्यक्रम गर्ने योजना रहेकोले आउँदो १५ अगस्तमा दलमोरस्थित डाक्टर कोठी परिसरमा कप्तान रामसिंह ठकुरीको १५ फुटको पूर्णाङ्ग शालिग विधिवत अनावरण समारोह गरिने पक्का तय भएको छl यसको निम्ति मुख्य अतिथि वरिष्ठ समाजसेवी, शिक्षाविद् तथा सनसाईन स्कूल अनि दिल्ली पब्लिक स्कूल डुवर्सका संस्थापक किर्तन छेत्रीको बाहुलीबाट शालिग अनावरण गरिने साथै उक्त परिसरको नाम कप्तान रामसिंह ठकुरी चौकको नाम अनावरण पनि गरिने छ भनी निर्माण समितिका सचिव स्वगण थापाले जनाएका छन्। अतिथिहरू विभिन्न संघ संस्था तथा समाजसेवी, विधायक, सांसदको उपस्थित रहने छन्। स्वतन्त्रताको अमृत महोत्सव सँगै विभिन्न सांस्कृतिक, सामाजिक, साहित्यिक, सांगीतिक आदि क्षेत्रमा योगदान पुरयाउने व्यक्ति, संघ-संस्थालाई सम्वर्द्धना जनाउने, कप्तान रामसिंह ठकुरी शालिग निर्माण समितिद्वारा तयार गरिएको गीत पनि कार्यक्रम बीच सार्वजनिक गरिने समितिका अध्यक्ष सबिन थापाले जनाएका छन्। उक्त ऐतिहासिक कार्यक्रमलाई भव्य तुल्याउन सबै सङ्घ संस्था, व्यक्तिहरुलाई कार्यक्रमको साक्षी बनिदिन आइदिने आग्रह कप्तान रामसिंह ठकुरी शालिग निर्माण समितिद्वारा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement