लण्डन: भारतका स्टार एकल टेनिस खेलाड़ी सुमित नागलले सर्बियाका मियोमिर केकमानोविचविरुद्ध चार सेटमा हारको साथ सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको पहिलो राउण्डमै विदा लिनु पऱ्यो। विम्बल्डनमा पुरुष एकलको मुख्य ड्र-मा पहिलोपल्ट हिस्सा लिइरहेका नागलले २ घण्टा ३८ मिनटसम्म चलेको म्याचमा २-६, ६-३, ३-६, ४-६-ले हारको सामना गर्नु पऱ्यो। विश्वका ५३औं नम्बरका खेलाड़ी केकमानोविचविरुद्ध नागलले एउटा सेट चाहिँ जिते। विश्व ऱ्याङकिंगमा ७२औं स्थानमा रहने २६ वर्षीय भारतीय खेलाड़ीले म्याचमा ४७ वटा विनर पनि लगाए पनि उनलाई ग्रास कोर्टमा संघर्ष गरिरहेको देखियो। यो केकमानोविचको नागलविरुद्ध दुईवटा म्याचमा दोस्रो जीत हो। पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरिसकेका नागलले यसअघि जनवरीमा अष्ट्रेलियन ओपनको मुख्य ड्र-मा स्थान बनाउनको साथै पहिलो राउण्डमा कजाखस्तानका ३१औं वरीयता प्राप्त एलेक्जेण्डर बुबलिकलाई पराजित पनि गरेका थिए। उनले सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा पनि हिस्सा लिएका थिए अनि पहिलो राउण्डमै हारेका थिए। नागललाई एटीपी १००० प्रतियोगिता इण्डियन वेल्स मास्टर्स र मोण्टे कार्लो मास्टर्सको मुख्य ड्र-मा पनि स्थान प्राप्त भएको छ। उनले अब पेरिस ओलम्पिकको तयारीहरूमा ध्यान दिनेछन्।











