पहिलो दुईवटा टी२० म्याचको टीममा फेरबदल

IMG-20240702-WA0261

नयाँ दिल्ली: जिम्बाब्वेविरुद्ध पहिलो दुईवटा टी२० म्याचबाट सञ्जु सेमसन, शिवम दुबे र यशस्वी जयसवाललाई बाहिर गरिएको छ। यी खेलाड़ीहरूका स्थानमा साई सुदर्शन, जितेश शर्मा र पेस बलर हर्षित राणालाई भारतीय टीममा सामेल गरिएको छ। पाँचवटा म्याचको टी२० सीरीज ६ जुलाईदेखि हरारे स्पोर्ट्स क्लबमा शुरु हुनेछ। भारतीय टीमले जिम्बाब्वे प्रस्थान गरिसकेको छ। बीसीसीआई-द्वारा एउटा बयानमा भनिएको छ, पुरुष चयन समितिले जिम्बाब्वेविरुद्ध पहिलो दुईवटा टी२० म्याचको निम्ति सञ्जु सेमसन, शिवम दुबे र यशस्वी जयसवालको स्थानमा साई सुदर्शन, जितेश शर्मा र हर्षित राणालाई टीममा सामेल गरेको छ। वास्तवमा सेमसन, दुबे र जयसवाललाई जिम्बाब्वे जाने टीममा सामेल हुनु थियो तर उनीहरू आईसीसी टी२० वर्ल्ड कप विजेता टीमसँग बारबाडोसमै फसेका छन्। तूफान बेरिलले गर्दा भारतीय टीम बारबाडोसमा निस्कन सकेको छैन। यी तीनजना खेलाड़ी हरारे जान अघि टी२० वर्ल्ड कप विजेता रहल सदस्यहरूसँग पहिला भारत आउनेछन्। भारतले गत शनिवार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरी टी२० वर्ल्ड कपको खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement