प्लास्टिक मुक्त शहर साथै डेंगू जागरूकताबारे विद्यार्थीहरूद्वारा ऱ्याली

IMG_20220813_215644.png

सिलगढी: सिलगढी शहरलाई पनि प्लास्टिक मुक्त बनाउनको निम्ति अभियान चलाइँदैछ। अहिले विद्यार्थीहरूले पनि प्लास्टिक विरूद्ध मानिसहरूलाई जागरूक गरिरहेका छन्। स्वतन्त्रताको ७५ औ वर्षको उपलक्ष्यमा नेताजी उच्च विद्यालयको तर्फबाट विद्यार्थीहरूले प्लास्टिक मुक्त शहर अनि डेंगू बारे जागरूकताको लागि आज स्कुल परिसरबाट एउटा रेली निकाले। उक्त रेलीले रथखोला बजार, सुभाषपल्ली बजार लगायत यसको छेउछाउ इलाकाको परिक्रमा गयो। विद्यार्थीहरूले रेलीको माध्यम बाटोमा हिड्ने मानिसहरू अनि व्यवसायीहरूलाई लिफलेट बाँडेर जागरूक गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement