गान्तोक: खेलकुद तथा युवा मामिला विभागले आयोजना गरेको प्रिसुब्रतो मुखर्जी अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनल आज सेन्ट जेभियर्स स्कुल मैदानमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विभागीय अधिकारी बीपी शर्मा रहेका थिए। साथै अन्य अधिकारीहरु क्रमैले सोनाम पिन्छो भोटिया, वन विभागका अधिकारीहरि र जिल्ला फुटबल संघ, पाक्योङका पदाधिकारीहरु उपस्थित थिए। नाम्ची र गान्तोकमा हुन लागेको राज्यस्तरीय अन्तरजिल्ला प्रतियोगिताका लागि छनोट हुने उद्देश्यका साथ विभिन्न टोलीको उत्साहपूर्ण सहभागितामा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भयो। यसबाहेक राज्य-स्तरीय प्रतियोगिताका विजेताहरूले क्रमशः नयाँ दिल्ली र बैंगलोरमा आयोजना हुने सुब्रतो कपमा पुग्नेछन्। आज कुल दुई खेल भएको थियो। पहिलो खेल टिकालाल निरौला सिनियर सेकेण्डरी स्कुल विरुद्ध सेन्ट जेभियर्स स्कुल यु–१५ ब्वाइज विधामा भएको थियो जहाँ टिकालाल निरौला एसएसएस विजयी भएको थियो। दोस्रो खेलमा टिकलाल निरौला सिनियर सेकेण्डरी स्कुल र सुमिन सेकेण्डरी स्कूलबीच भएको खेलमा यु–१७ ब्वाइज विधामा टिकलाल निरौला एसएसएस विजयी भएको छ। त्यसैगरी, पाक्योङ जिल्लाबाट राज्यस्तरीय अन्तरजिल्ला प्रतियोगिताका लागि छनोट हुने टोलीहरू छुजाचेन सिनियर सेकेण्डरी स्कूल १७ वर्षमुनिका छात्राहरुको समूहमा छन्। टिकालाल निरौला सिनियर सेकेण्डरी स्कुल, १५ वर्षमुनि केटा वर्गमा र अण्डर १७ केटावर्गमा सामेल रहेको छ। उक्त दिन अन्तरक्रिया कार्यक्रम पनि भयो। जसमा अतिथिहरूले खेलाडीहरूसँग अन्तरक्रिया गरे र उनीहरूलाई खेलकुदको भावना बढाउँदै उनीहरूको सर्वांगीण विकासका लागि त्यस्ता गतिविधिहरूमा भाग लिन प्रोत्साहित गरे। उत्कृष्ट खेलाडी र टोलीलाई उनीहरुको प्रयासको लागि सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो। प्रतियोगितामा खेलकुद तथा युवा मामिला विभागका अधिकारी, शिक्षक, विद्यार्थी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।