४ जुलाईको दिन पादरी गंगा प्रसाद प्रधान जयन्ती भव्यताको साथमा पालन गरिने

IMG-20240702-WA0252

गान्तोक: गान्तोकस्थित जर्नलिस्ट युनियन अफ सिक्किमको कार्यालयमा आज आगामी ४ जुलाईको दिन पालन गरिने पादरी गंगा प्रसाद स्मृति प्रतिष्ठानको तत्वावधानमा पत्रकार सम्मेलन आयोजना गरियो।

पत्रकारहरूलाई सम्बोधन गर्दै समितिका अध्यक्ष कमल चामलिङ कामराङ्गेले कार्यक्रमको ओैचित्यबारे बताँउदै आदि पत्रकार गंगा प्रसाद प्रधानले नेपाली समाज, साहित्य, पत्रकारिता अनि शिक्षाको क्षेत्रमा पु्य्राएका अमूल्य योगदानबारे जानकारी गराउँदै प्रत्येक वर्ष पादरीको जन्म जयन्ती यस प्रतिष्ठानले सिक्किमको विभिन्न स्थानहरुमा भव्यताका साथ आयोजना गर्दै आएको जानकारी गराए। यस वर्ष पनि ४ जुलाईको दिन मनन केन्द्रको मिनी प्रेक्षागृहमा भव्यताको साथमा कार्यक्रम आयोजना हुन गइरहेको जानकारी दिए।कार्यक्रमको रुपेरेखाबारे बोल्दै यस कार्यक्रममा विभिन्न रंगारंग कार्यक्रमहरुको साथमा विभिन्न विधामा योगदान पुऱ्याउने स्रष्टाहरुलाई सम्मान जनाइने पनि उनले थप जानकारी दिएका छन्। सम्मानित हुने व्यक्तिहरु क्रमैले आध्यत्मिक क्षेत्रकालागि रेभरेण्ड पी.एस तिङमो, पत्रकारिता क्षेत्रमा पत्रकार अर्पण प्रधान, संगीत क्षेत्रमा एल्डर जोहन डिक खवास, साहित्य क्षेत्रमा टेकबहादुर छेत्री , सामाजिक क्षेत्रकालागि रेभरेण्ड सी. सोदेम्ब र शिक्षाको क्षेत्रमा जङ्गु क्षेत्रका लुङ प्राथमिक पाठशाला रहेका छन्।

समितिका उपाध्यक्ष एल्डर पत्रुस गुरुङले पनि पादरीले नेपाली समाज, शिक्षा अनि साहित्यलाई प्रदान गरेको सेवाबारे पुनः चर्चा गर्दै यस दिनको कार्यक्रममा सिक्किम सरकारका स्वस्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री जी टी ढुंगेल प्रमुख अतिथिको रुपमा उपस्थित रहने जानकारी गराएका छन्।

पादरीले १९०४ देखि १९३२ सम्म पहलो नेपाली पत्रिका गोर्खे खबर कागत् प्रकाशित गरेको खण्डमा सिक्किमबाट नै उनलाई आदि पत्रकारको उपाधि दिएको अवगत गराउँदै उनलाई सम्झना गर्दै ४ जुलाईमा सम्पन्न हुने कार्यक्रममा सबैलाई सहभागी भईदिने आग्रह समितिका प्रचार प्रसार सचिव प्रवीण खालिङले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement