सांसद डा. इन्द्र हाङ सुब्बाले संसदमा उठाए राष्ट्रीय राजमार्गको मुद्दा

IMG-20240702-WA0244

गान्तोक: सिक्किम राज्यका एक मात्र लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले आज संसदमा सिक्किम राज्यलाई जोडने एक मात्र राष्ट्रीय राजमार्गबारेमा कुरा उठाए। विशेष गरेर सुब्बाले राष्ट्रपतिको सम्भाषणलाई समर्थन गर्ने क्रममा बंगालदेखि सिक्किमलाई जोडने राष्ट्रीय राजमार्गको अवस्थाबारे अवगत गराए। केन्द्रमा एनडीए सरकार आएपछि विभिन्नरूपमा विकास भएको जानकारी गराए। सोही प्रकारले उनले वर्तमान परिपेक्ष्यमा सिक्किमलाई जोडने सडकको अवस्था दयनीय रहेको बताउँदै मनसुनको समयमा विभिन्न स्थानमा पैह्रौ जाने गरेकोले आवत जावतमा धेरै समस्या रहेको उल्लेख गरे। उनले केवल सिक्किम मात्र नभएर हिमालय राज्यहरूमा सडकको समस्या देखिएको जानकारी गराए। उनले हिमालय राज्यका सडकको निम्ति छुट्टै नीति बनाउनु पर्ने आग्रह गरे। यसको निम्ति नीति, समिति गठन गर्नु पर्ने साथै कोष छुट्याउनु पर्ने अपील गरे।सिक्किम एक हिमालय राज्य भएता पनि देशको सबै भन्दा शान्ति राज्यकोरूपमा चिनिने गरेको अवगत गराए। सिक्किम राज्य भारतको एक अभिन्न अङ्ग भएको पचास वर्ष पुग्न लागेको जानकारी गराउँदै ग्लोवल वर्मिङको कारण हिमालय राज्यलाई प्रभावित तुल्याएको बताए। उनले गत अक्टोबरको दिन आएको बाढले धेरै क्षति पुगेको र यसमा केन्द्र सरकारबाट भरपुर सहयोग प्राप्त भएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement