बागडोग्रा: पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। घटना बागडोग्राको सुकान्तपल्लीमा भएको हो। मृत्यु हुनेको नाम जितेन बर्मन (६०) हो। यो दिन सेनाको सिमानामा पर्खाल भित्र रहेको पोखरीमा डुबेका वृद्धाको भनाई छ। खबर पाएलगत्तै बागडोग्रा थानाका पुलिस र सेनाका जवान घटनास्थलमा पुगेका थिए। यो सेनाको जग्गा भएकाले लाश बरामदलाई लिएर सेना र प्रदेश पुलिसबीच झडप भएको थियो। पछि पुलिसले लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। बागडोग्रा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।