यो वर्षाको समय आपतकालीन सहयोगको लागि जीटीएको ऊर्जा विभागको सभा सम्पन्न

IMG-20240702-WA0235

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा उर्जा विभाग भारप्राप्त सभासद योगेन्द्र प्रधानको अगुवाईमा तथा उर्जा विभाग एमओडी सभासद प्रणाम रसाइली, ईडी सोनाम लामाको उपस्थितिमा मिरिक, खरसाङ, गोरूबथान, कालेबुङ, दार्जिलिङ, बिजनबारी (छवटा) खण्डका उर्जा विभागका अभियन्ताहरुलाई लिएर एक सभा आयोजना गरेको छ। सभाको मुख्य उद्देश्य हाल वर्षाको मौसमलाई मध्यनजर राखेर कुनै पनि आपतकालीन अवस्थामा सहयोगको निम्ति तत्पर रहने बारे थियो। सभामा विभागीय अधिकारहरूलाई हर समय तयार रहने निर्देशन दिइयो। हाल अविरल वर्षाको कारण विभिन्न स्थानमा क्षति भईरहेको बेला आम जनतालाई कुनै किसिमको अफ्ठ्यारो नहोस भनी हर सम्भव कोशिस गर्न पर्ने निर्देशन दिइयो भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement