तीनधारे चियाबारीको विभिन्न स्थानहरूमा पैह्रो

IMG-20240702-WA0225

तीनधारेबाट सिविटार जाने रोड पैह्रोले बन्द

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारीको विभिन्न क्षेत्रहरूमा पैह्रो गएको छ। लगातार परिरहेको पानीको कारणले पैह्रो गएर तीनधारे चियाबारी क्षेत्रमा रहेको सड़क मार्ग वाधित बनेको छ। पैह्रोले तीनधारे चियाबारीको कारखाना जाने रोडमा भेल आएर साथै पैह्रोले रोड वाधित बनेको छ। तीनधारे चियाबारीको कारखाना पुग्ने रोडमा विभिन्न स्थानहरूमा पैह्रो गएर वाधित बनेको छ। त्यसरी नै तीनधारे चियाबारीको बन्दुके गाउँमा पैह्रो गएर सड़कको आधा भाग लगेको छ भने एउटा घर पैह्रोको चपेटमा परेको छ। त्यसरी नै तीनधारेबाट सिविटार जाने प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँमा पैह्रो गएर सड़क नै पूर्ण रूपमा वाधित बनेको छ। तीनधारे चियाबारीक विभिन्न स्थानहरूमा गएको पैह्रोको निरीक्षण गर्नलाई घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य दिपेन्द्र तामाङ र खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जी उपस्थित रहेका थिए। उनीहरूको पहलमा पैह्रोले प्रभावित सड़क र बन्दुके गाउँमा तारपोलिनहरू लगाउने कार्य सम्पन्न गरिएको छ। त्यसरी नै तीनधारेदेखि सिविटार जाने सड़कको निरीक्षण गर्नलाई खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामा पुगेका थिए।

About Author

Advertisement