जलपाईगढी: घरमा फेरि एक पटक हात्तीले आक्रमण गरेपछि इलाकाका बासिन्दा आतंकित भएका छन्। घटना सोमबार राति राजगञ्ज ब्लकको बैकुण्ठपुर जंगल नजिक मन्तदारी ग्राम पञ्चायतको मेन्घोरा क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार सोमबार राति करिब ३ बजे मनघोरा क्षेत्रमा चार हात्तीको समूहले उपद्रो मच्चायो। हात्तीको बथानले सो क्षेत्रमा एक घरमा समेत क्षति पुर्याएको छ। कतिपय रुखहरु पनि उखेलिएका छन्। केही उपद्रोपछि हात्तीको समूह जंगलतिर फर्कियो। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन। खबर पाएलगत्तै अम्बरी रेन्जका वनकर्मी मंगलबार बिहान घटनास्थल पुगे।