ईस्ट बंगाल फुटबल क्लबको खेलकुद दिवसमा कार्यक्रम

IMG_20220813_215248.jpg

सिलगढी: आज सिलगढीमा ईस्ट बंगाल फुटबल क्लबको खेलकुद दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियम परिसरमा सिलगढी ईस्ट बंगाल फ्यान क्लबको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। ईस्ट बंगाल क्लबका महासचिव दीपक दास उर्फ पल्टू दारको जन्मदिनको अवसरमा तिनको फोटोमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि दिइयो। यस अवधि सिलगढी नगर निगमका मेयर गौतम देव, सिलगढी ईस्ट बंगाल फ्यान क्लबका सचिव अनुप बोस, १२ नम्बर वार्ड पार्षद वासुदेव घोष लगायत अन्य उपस्थित थिए। खेलकुद दिवसको अवसरमा स्वास्थ्य जाँच शिविर, कोरोना बुस्टर डोज अनि रक्तदान शिविरको पनि आयोजना गरियो। यसको साथै शहरका केही मेधावी विद्यार्थीहरू अनि खेलाडीहरूलाई सम्मान जनाइयो। अर्कोतिर, सिलगढी जर्नलिस्ट्स क्लबमा आज पत्रकार सम्मेलन गरेर युगसन्धि नामक पत्रिकाको विमोचन गरियो। सिलगढी ईस्ट बंगाल फ्यान क्लबका सचिव अनुप बसुले भने, ईस्ट बंगाल क्लबले प्रत्येक वर्ष आजको दिनलाई खेलकुद दिवसको रूपमा पालन गर्दछ। आज यहाँ मेधावी विद्यार्थीहरू अनि खेलाडीहरूलाई सम्मान जनाइयो।
खेलसित सम्बन्धित सबै जनाको साथमा हामी छौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement