भारतीय सेनाको राजपूत रेजिमेन्टद्वारा शहीदहरुलाई श्रद्धाञ्जली

0-1a-8b92ceac-09d6-4090-9987-fb7fc9b7908a

कालचिनी: आजादीको अमृत महोत्सवको अवसरमा अलिपुरद्वार जिल्लाको मेचपाड़ा चियाबारी स्थित शहीद जवान सञ्जय तिर्की र मेचपाड़ा ८  नम्बर शहीद राजीव थापा चौकमा शनिबार भारतीय सेनाका त्रिशक्ति कोरको ब्ल्याक क्याट डिभिजन र चोला ब्रिगेडले शहीद नाइक राजीव थापा र शहीद जवान सञ्जय तिर्कीप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो। सोही कार्यक्रमलाई ध्यानमा राखेर सेनाका जवानहरुले सरसफाई अभियानअन्तर्गत शहीद स्मारकको सरसफाई गरियो। हाँसीमारा छाउनीका राजपूत रेजिमेन्टका अधिकारी र सैनिकहरूले शहीदहरूको स्मारकमा माल्यार्पण साथै सैनिक सलामी सम्पन्न गरेपछि मेचपाड़ा चियाबारीको दुवै शहीदका परिवारलाई उपहार प्रदान गरे।

कार्यक्रममा मेचपाड़ा चियाबारीका शहीद बीएसएफ जवान सञ्जय तिर्कीको पिता विष्णु तिर्की र शहीद नाइक राजीब थापाको पिता कुमार थापा एवं परिवार सदस्यहरुको उपस्थिति रहेको थियो भने स्थानीय पञ्चायत सदस्य अनि गाउँले समाजसेवीहरु र सेनाबाट अवकाश ग्रहण गरेका भूतपूर्व सैनिक संगठनको सदस्यहरुको पनि उपस्थिति थियो। सेनाका जवानहरुले शहीद परिवारसित भलाकुसारी गर्दै कुनै असुविधा परे हाँसीमारा छाउनीमा सम्पर्क गर्ने पनि आग्रह गरेको थियो। कार्यक्रममा एमबी मेमोरियल स्कूल, मञ्जुश्री एकाडेमी र म्यारीगोल्ड स्कूलका विद्यार्थीहरुलाई लगायत गाउँले उपस्थित स्थानीय जनसाधारणलाई जलपानको पनि व्यवस्था गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *