तृणमूलको ब्लक कमिटीमा फेरबदल कतै नयाँ त कतै यथावत पदबहाली

tmc-500x500.webp

कालचिनी। तृणमूल राज्य कमिटी द्वारा अलिपुरद्वार जिल्लाको ६ वटा ब्सकको सभापति र सहसभापतिहरुको नाम आज राज्यबाट प्रकासित भएपछि यसको मिश्रित प्रतिक्रिया देखिन थालेको छ।
तृणमूल माउ, युवा महिला र आईएनटीटीयूसी कुमारग्राम, अलिपुरद्वार एक अलिपुरद्वार दुई, फालाकाटा, मदारीहाट र कालचिनी लगायत अलिपुरद्वार टाउन र फालाकाटा रुरल र टाउन कमिटीको सभापति र उपसभापति पदहरुको घोषणा भएको छ।
यता यसरी कालचिनी ब्लक सभापतिमा बिरेन्द्र बारा उराँवलाई नै बहाली गरिएको छ भने उपसभापतिमा जोसेफ कुजूरलाई चयनित गरिएको छ भने तृणमूल युवा कङ्ग्रेसको कालचिनी ब्लक सभापति पदमा पवन लामालाई ल्याईएको छ।
यसरी नै तृणमूल महिला कांग्रेस सभापतिको पदमा चन्द्रा नार्जीनारीलाई चयनित गरिएको छ।
यता पार्टीको पदाधिकारी निर्वाचनमा मुस्लिम समुदायलाई कुनै स्थान नदिएको भन्दै डुवर्स मिल्लते इस्लामियाका जिल्ला सभापति फिरोज आलम लगायत अन्य नेतृत्वहरुले मन दुखाएको छ।
डीएमआई नेता फिरोज आलमले मुस्लिम समुदायको 99 प्रतिशत मानिसहरु सबै तृणमूलमा रहेको तर पनि मुस्लिम समुदायलाई कुनै दायित्व नदिएको जनाएका छन।
यता यस सम्बन्धमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले पार्टीले धर्म र राजनीति नहेरेको र योग्य व्यक्ति कर्मीहरुलाई नेतृत्व सम्हाल्ने मौका दिएको र अझै सचिव, चेयरम्यान सल्लाहकार आदिको पदको घोषणा हुन बाँकी रहेको जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement