शहीद दुर्गा मल्लको शालिग स्थापनार्थ भूमि पूजा

0-1a-1a3797db-cd63-473d-8780-24dc9af2d97f

कालचिनी: आउँदो २३अगस्तको दिन कालचिनी चौपतिस्थित आदिवासी स्वाधीनता सेनानी बीर बिरसा मुण्डाको शालिग समकक्षमा आज़ाद हिन्द फौजको शहीद मेजर दुर्गा मल्लको पुर्णाङ्ग शालिगको उद्घाटन हुने भएको छl उक्त शालिग स्थापनाको निम्ति शनिबार भूमि पूजा सम्पन्न भएको जानकारी शालिग निर्माण कमिटीको महासचिव अजय कुमार आलेले दिएका छन्। यस अवसरमा शालिग निर्माण कमिटीको मुख्य संरक्षक पासाङ लामा र अधिवक्ता देवांशु घोषको उपस्थिति थिए। भूमि पूजाको शुरुवात पण्डित र बौद्ध लामा गुरुद्वारा पवित्र मनत्रोच्चारणसितै सम्पन्न भएको थियो भने पूजा समापनपश्चात मुख्य संरक्षक पासाङ लामाद्वारा लड्डू वितरण गरियो।

भूमि पूजा सन्दर्भमा शहीद मेजर दुर्गा मल्ल शालिग निर्माण कमिटीको मुख्य संरक्षक पासङ लामाले कालचिनी क्षेत्रमा सम्पूर्ण जतिहरुको बसोबास रहेको छ भने केही युवा पीढ़ीले अखण्ड भारतको स्वाधीनता संग्रामी तथा आज़ाद हिन्द फौजको शहीद मेजर दुर्गा मल्लको शालिग स्थापना गर्नुपर्ने प्रस्ताव राखेकोले नै यहाँ यसको कमिटी निर्माण भएको र निर्माण कमिटीले औन्दी २३ अगस्तको दिन शहीद मेजर दुर्गा मल्लको पुर्णाङ्ग शालिगको उद्घाटन कार्यक्रम सम्पन्न गर्ने जनाएका छन्। यता शालिग निर्माण कमिटीको महासचिव अजय कुमार आलेले भूमि पूजा सम्पन्न भएको र आउँदो २३ अगस्तको दिन अघि अघि शालिग स्थल तयार गरिएपछि सामाजिक, सांस्कृतिक, साहित्यिक अनि गैर राजनैतिक संस्थाका मानिसहरुलाई बिना कुनै राजनैतिक रंगभेद निम्ताई कार्यक्रम सम्पन्न गर्ने जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *