बंगालमा कानून र व्यवस्थाको अवस्था भयावह भएको छ: राज्यपाल

IMG-20240702-WA0161

 सिलगढी: पश्चिम बंगालका राज्यपाल डा. सी भी आनन्द बोस चोप्राको भ्रमण गर्न सिलगढी पुगेका छन्। आज दिल्लीबाट बागडोग्रा एयरपोर्ट पुगेपछि उनी सिलगढीको सर्किट हाउस पुगे। त्यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले तृणमूल सरकारमाथि कडा प्रहार गर्दै बंगालमा कानून व्यवस्थाको अवस्था निकै भयावह भएको बताए। उनले भने, ‘राज्यको कुनै भागमा हिंसा नभएको र कसैको ज्यान गएको दिन हुँदैन। बंगालमा पैसा, राजनीतिक शक्ति र सरकारी शक्तिको ककटेल मिसाइएको छ, जसका कारण यस प्रकारको हिंसा भइरहेको छ।‘ उनले महिला हिंसा अत्यन्तै निन्दनीय भएको भन्दै हिंसा रोक्ने जिम्मेवारी गृह मन्त्रालय र पुलिस प्रशासनको भए पनि पूर्णरुपमा असफल भएको बताए। राज्यपालले भने, ‘म राज्यको संवैधानिक प्रमुख भएकाले जनताको जीवन रक्षा गर्नु मेरो नैतिक दायित्व भएको छ। म यहाँ राज्यपाल भएर जनतालाई भेट्न आएको होइन, गरिब र आम जनताको पक्षमा उभिन र पीडित परिवारसँग उभिन आएको हुँ।‘ उनले जनताको जीवन र अधिकारको हर हालतमा रक्षा गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो संविधानले कुनै पनि हालतमा हिंसा स्वीकार गर्दैन।‘ उनले जनताको संवैधानिक अधिकारको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले महिलालाई जोगाउन नसक्ने समाज सभ्य नभएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement