पार्थ च्याटर्जीको स्वास्थ्य जाँच गर्न चिकित्सकहरूको टोली पुगे प्रेसीडेन्सी जेल

Partha-Chatterjee-2-2

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेपछि प्रेसीडेन्सी जेलमा बन्द राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीको स्वास्थ्य जाँच्नका लागि चिकित्सकहरूको एक टोली शनिवार प्रेसीडेन्सी जेल पुगेको छ। गत २३ जुलाईको दिन ईडीद्वारा पक्रा परेपछि अहिले उनी जेल हिरासतमा छन्। स्रोतहरू अनुसार पार्थ च्याटर्जीको खुट्टा र पीठ्यूमा पीड़ाको समस्या छ। यस बाहेक उनले छात्ती दुःखेको पनि शिकायत गरिरहेका छन्। जेल अस्पतालका डाक्टर लगातार उनको देखरेखमा छन्। यही क्रममा उनको स्वास्थ्य जाँचको निम्ति शनिबार डाक्टरहरूको टोली पुगेको छ। उनलाई अस्पतालमा भर्ती गर्न सकिने खबर छ। यद्यपि पार्थले भने, ‘यदि सेलमै मेरो चितिक्सा सम्भव छ भने यही गरियोस्। म चाहन्न, ममाथि कुनै विशेष सुविधा लिएर आरोप लागोस्l’ वस्तुतः ईडी अधिकारीहरूले उनलाई प्रभावशाली बताउँदै जेल हिरासतको अनुरोध गरेका थिए र दाबी गरेका थिए कि जेलबाट निस्कनसाथ उनले आफ्नो प्रभावको दुरूपयोग गरी साक्ष्यहरूलाई समाप्त गर्न सक्छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *