विराटनगर (नेपाल): नेपाल चिकित्सक संघ, कोशी प्रदेशको अध्यक्षमा डा. राजेन्द्र चौधरी निर्वाचित भएका छन्। सोमबार विराटनगरमा भएको संघको अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। संघले उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संघको कोशी प्रदेश शाखाको वरिष्ठ उपाध्यक्षमा डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा डा. शिलावन्त सेन श्रीवास्तव, महासचिवमा डा. बालकृष्ण साह, सहसचिवमा डा. रामकुमार यादव, कोषाध्यक्षमा डा. सुनिल रेग्मी र सह कोषाध्यक्षमा डा. तेजेन्द्र कार्की निर्वाचित भएका छन्। सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल चयन भएका छन्।











