बिराटनगर: मोरंग उर्लाबारी–६ गोपालचौककी सिता बोहोराको घटनास्थलमै ज्यान गएको छ ।सोमबार साँझ उर्लाबारी चौकमा स्कुटरमा सवार उनलाई टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। उनीसँगै रहेको उनको छोरा गम्भिर घाईते छन्। उनको बिराटनगरमा उपचार भईरहेको छ। घटनापछि आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए। स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो।











