लण्डन: स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराजले सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनमा जीतको साथ शुरुवात गरे। गत सालका च्याम्पियन अल्काराजले पहिलो राउण्डको म्याचमा क्वालीफायर मार्क लाजललाई सीधा सेटमा ७-६ (३), ७-५, ६-२-ले पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरे। विश्व ऱ्याङकिंगमा २६९औं स्थानमा रहने एस्टोनियाका खेलाड़ी लाजलले शुरुवाती सेटमा चाहिँ स्पेनिश खेलाड़ीलाई कड़ा चुनौती दिए। तीन हप्ता अघि फ्रेञ्च ओपनमा आफ्नो तेस्रो ठूलो च्याम्पियनशीप जित्ने अल्काराडले गत वर्ष विम्बल्डनको फाइनलमा नोवाक जोकोविचलाई पराजित गरेका थिए। तेस्रो वरीयता प्राप्त अल्काराजले म्याचपछि एस्टोनियाका खेलाड़ीले उनलाई चकित बनाएको स्वीकार पनि गरे। पुरुष एकल वर्गका अन्य म्याचहरूमा पाँचौं वरीयता प्राप्त रुसका डेनिल मेदवेदेवले अलेक्जेण्डर कोवासिकलाई ६-३, ६-४, ६-२-ले अनि आठौं वरीयता प्राप्त नर्वेका खेलाड़ी कास्पर रुडले एलेक्स बोल्टलाई ७-६ (२), ६-४, ६-४-ले पराजित गरी अघिल्लो राउण्डमा स्थान बनाए। यसरी गैर वरीयता प्राप्त कनाडाका डेनिस शापोवालोवले १९औं नम्बरका खेलाड़ी निकोस जेरीलाई ६-१, ७-५, ६-४ पराजित गरे।
यसरी महिला एकलमा ग्रीसकी मारिया सक्कारीले पहिलो राउण्डको म्याचमा सकारात्मक शुरुवात गर्दै मेकार्टनी केसलरलाई ६-३, ६-१-ले पराजित गरिन्। गत महिना फ्रेञ्च ओपनमा उपविजेता रहने सातौं वरीयता प्राप्त इटलीकी जास्मिन पाओलिनी आफ्नो चौथो प्रयासमा पहिलोपल्ट विम्बल्डनमा पहिलो राउण्डको वाधा पार गर्न सफल भइन्। पाओलिनीले सोरिब्स टोर्मोलाई ७-५, ६-३-ले पराजित गरिन्। यसबीच तेस्रो वरीयता प्राप्त आर्यना सबालेंका चाहिँ काँधको चोटले गर्दा सोमवार विम्बल्डनबाट हटिन्। दुईपल्टकी अष्ट्रेलियन ओपन च्याम्पियनलाई ग्रास कोर्ट टुर्नामेण्टको पहिलो दिन अमेरिकाकी एमिना बोक्टासविरुद्ध खेल्नु थियो। सबालेंका एक हप्ता अघि चोटले गर्दा नै बर्लिन लेडीज ओपनको क्वार्टर फाइनलबाट हटेकी थिइन्।











