यूरो कप २०२४: रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा पुग्न सफल पोर्तुगल र फ्रान्स

photocollage_20247214457623

बर्लिन: रोमाञ्च र उत्तेजनाले भरिएको आ-आफ्नो म्याचमा जीत हासिल गरी पोर्तुगल र फ्रान्सले यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार अबेर राति खेलिएको प्री-क्वार्टर फाइनल म्याचमा पोर्तुगलले स्लोवेनियालाई पेनल्टी शूटआउटमा ३-०-ले पराजित गऱ्यो। नियमित समय र अतिरिक्त समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। पोर्तुगललाई क्वार्टर फाइनलमा पुऱ्याउनमा गोलकीपर डिओगो कोस्टाको महत्त्वपूर्ण भूमिका रह्यो, जसले पेनल्टी शूटआउटमा विपक्षी टीमको तीनैवटा स्पट किकलाई रोक्नको साथै नियमित समय र अतिरिक्त समयको खेलमा पनि केही असाधारण शेभ गरे। यस जीतको साथै पोर्तुगलले यूरो कपमा सातौंपल्ट क्वार्टर फाइनलमा स्थान बनायो, जुन अन्य कुनै पनि टीमभन्दा अधिकपल्ट हो। डोइशे ब्यांक पार्कमा ७३ प्रतिशत पोजेशनको साथ खेल्दै पोर्तुगलले विपक्षी टीममाथि शुरुदेखि नै दबाउ बनाए पनि गोल गर्न सकेन। यस अवधि टीमले केही नजिकको मौकाहरू गुमायो। टीमका स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले १०५औंं मिनटमा पेनल्टीबाट गोल गर्न सकेनन्। रोनाल्डोको प्रयासलाई स्लोवेनियाका गोलकीपर जान ओबलाकले विफल पारे। त्यसपछि पेनल्टी शूटआउटमा पोर्तुगलबाट बर्नार्डो सिल्वा, ब्रूनो फर्नाण्डेज र रोनाल्डोले पहिलो तीनवटा प्रयासमा गोलीलाई नेटमा हारे। यसको विपरीत स्लोवेनियाबाट बेञ्जामिन भेरबिक, जुरे बाल्कोवेच र जोसिप इलिसिचको पहिलो तीनवटा प्रयासलाई नै कोस्टाले रोके।
यसअघि खेलिएको अन्य एउटा प्री-क्वार्टर फाइनल म्याचमा फ्रान्सले बेल्जियमलाई १-०-ले पराजित गऱ्यो। दुई हेभिवेट टीमबीचको म्याच आशानुरुप चरम रोमाञ्चक रह्यो। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सले शुरुदेखि नै आक्रामक फूटबल खेलेर बेल्जियमको डिफेन्सलाई व्यस्त राख्यो। म्याचमा फ्रान्सको १९ पल्टको तुलनामा बेल्जियमले केवल ५ पल्ट विपक्षी पोस्टमा आक्रमण गर्न सक्यो। लगातार आक्रमण गर्ने फ्रान्सले अन्तमा गएर ८५औं मिनटमा गोल हासिल गऱ्यो। बेल्जियमका डिफेण्डर जान वर्तोंघेनले आत्मघाती गोल गर्दा फ्रान्सले बढ़त हासिस गऱ्यो, जुन अन्तमा निर्णायक साबित भयो। यूरो कपमा मंगलवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलिनेछ। राति ९:३० बजीदेखि खेलिने म्याचमा रोमानिया र नीदरल्याण्डबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच राति १२:३० बजीदेखि अष्ट्रिया र तुर्कीबीच खेलिनेछ, जुन टुर्नामेण्टको अन्तिम प्री-क्वार्टर फाइनल म्याच हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement