बिराटनगर:कप्तान इन्दु बर्माले नेपाली महिला क्रिकेट टिमले पनि धेरै मिहिनेत र देशको नाम क्रिकेटबाट चिनाउन सक्दो प्रयास गरिरहेको भन्दै पुरुष क्रिकेट झैँ साथ र समर्थन गरिदिन आग्रह गरिन्। जुन उत्साहका साथ विश्वकप हेर्नुभयो त्यसरी नै वुमन्स एसिया कप हेरिदिन आग्रह गर्दै उनले भनिन्,‘एकदिन नेपाली महिला क्रिकेट टीमले राम्रो नतिजा ल्याउनेमा विश्वास पनि गर्नुहोला र निराश नभईदिनुहोला।’









