भारतीय महिला क्रिकेट टीमको १० विकेटले जीत

IMG-20240701-WA0317

चेन्नई: एमए चिदाम्बरम स्टेडियम (चेपक)-मा खेलिएको एकमात्र टेस्ट म्याचमा भारतीय महिला क्रिकेट टीमले दक्षिण अफ्रिकालाई सजिलै १० विकेटले पराजित गऱ्यो। भारतले म्याचमा ७ विकेटमा ६०३ रनको विशाल स्कोर बनाएर पहिलो ईनिंग्स घोषित गरेको थियो। त्यसपछि दक्षिण अफ्रिकाको पहिलो ईनिंग्स २६६ रनमा समाप्त हुँदा टीमले फलोअन गर्नु परेको थियो। फलोअन-पछि दक्षिण अफ्रिकाले आफ्नो दोस्रो ईनिंग्समा ३७३ रन बनाउँदा भारतलाई जीतको निम्ति केवल ३७ रन बनाउने सानो लक्ष्य प्राप्त भयो, जसलाई भारतले केवल ९.२ ओभरमा कुनै विकेट नगुमाइ हासिल गऱ्यो। शुभा सतीश १२ र शेफाली वर्मा २४ रनमा अविजित रहिन्। भारतले यसअघि २००२-मा पनि दक्षिण अफ्रिकालाई १० विकेटले पराजित गरेको थियो। दक्षिण अफ्रिकी टीमले पहिलो ईनिंग्समा २६६ रन मात्र बनाए पनि दोस्रो ईनिंग्समा लड़ाकू क्रिकेट खेल्यो। कप्तान लौरा वुलवार्टले १२२ र सुने लुसले १०९ रन बनाइन्। आज म्याचको चौथो तथा अन्तिम दिन वुलवार्ट र मारिजान काप्पले खेल शुरु गरिन्। वुलवार्टले आफ्नो पहिलो टेस्ट शतक बनाइन्। यसरी उनी एक सालमा टेस्ट, वनडे र टी२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो महिला क्रिकेटर बनिन्। कप्पलाई दीप्ति शर्माले ३१ रनको निजी स्कोरमा आउट गरिन्। सोमवार अन्तिम दिन दक्षिण अफ्रिकाले सक्दो प्रयास गरे पनि भारतलाई जीत हासिल गर्नदेखि रोक्न सकेन। जम्मा १० विकेट लिने भारतीय अफ् स्पिनर स्नेह राणालाई प्लेयर अव् द म्याच चयन गरियो। उल्लेखनीय छ, भारतको पहिलो ईनिंग्समा शेफाली वर्माले दोहोरो शतक (२०५) र स्मृति मन्धनाले शतक (१४९) बनाएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement