ओलम्पिक अघि नीरज चोपड़ाको पेरिस डायमण्ड लीगबाट हट्ने फसेला

IMG-20240701-WA0313

नयाँ दिल्ली: भारतका ओलम्पिक र वर्ल्ड च्याम्पियन स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले फिलाको मांसपेशीमा समस्याले गर्दा आइतवार हुने पेरिस डायमण्ड लीगबाट हट्ने फसेला गरेका छन्। ओलम्पिकको तयारीमा जुट्ने चोपड़ाले बताएअनुसार, उनी अभ्यास र थ्रो गर्दा ब्लकिंग गर्ने आफ्नो खुट्टालाई मजबूत गर्न काम गरिरहेका छन्। उनले भने, मैले थ्रो गर्दा ब्लकिंग गर्ने खुट्टालाई मजबूत गर्नु पर्नेछ कारण त्यस समय ग्रोइनमा दबाउ पर्छ। हामी यसमाथि काम गरिरहेका छौं। म अझ केही टुर्नामेण्ट खेल्न सक्थे अनि खेल्न पनि चाहन्थे तर मेरो निम्ति अहिले आफ्नो स्वास्थ्य सर्वोच्च प्राथमिकता हो। सामान्य असहज अनुभव हुँदा रोकिनु नै असल हो। गत महिना फिनल्याण्डमा पावो नुरमी खेलहरूमा स्वर्ण पदक जित्ने चोपड़ाले बताएअनुसार, उनी अहिले अनुभवी भएका छन् अनि जोखिम लिँदैनन्। उनले भने, टोक्यो ओलम्पिकमा स्वर्ण पदक जित्न अघिसम्म म हरेक प्रतियोगितामा हिस्सा लिन चाहन्थे। अहिले अनुभवको साथ सही फसेला लिन्छु। फिनल्याण्डमा प्रदर्शन राम्रो थियो तर अझ मेहनत गर्नु पर्नेछ। अहिले लक्ष्य पेरिस ओलम्पिक रहेको छ। त्यसैको निम्ति मेहनत गरिरहेको छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement